५ सय ८४ वटा म्यानपावरको कारोबार रोक्का

काठमाडाैं | असार २७, २०८१

५ सय ८४ वटा म्यानपावरको कारोबार रोक्का

काठमाडौँ:   वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ ।

 

विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो । 

 

यसरी रोक्का गरिएका कम्पनीले रोक्का तथा फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन पाउँदैनन् ।

 

विभागका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालन भएका जानकारी दिए ।

 

उनका अनुसार कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरिएको हो । 

 

'कारोबार रोक्का गरिएका कम्पनीबाट युवा ठगिन नपरोस् भनेर नै यो सूचनामार्फत सचेत गराएका हौँ,' उनलेे भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्